२६ बैशाख २०७८, आईतवार
गृह चर्चित गायक मुकुन्द महतको एकै पटक ३ वटा गित सार्वजनिक
चर्चित गायक मुकुन्द महतको एकै पटक ३ वटा गित सार्वजनिक

काठमाडौं। चर्चित गायक मुकुन्द महतको एकै पटक तिन वटा गित सार्वजनिक भएको छ। बुढासुब्बा म्युजिकको युटुब च्यानलमार्फत केहि समय अघि “पल्ला घरे, आँशु झारी र रिसको झोकमा” भन्ने बोलको गित सार्वजनिक भएको हो।

गायक मुकुन्द महतको संगित र स्वरमा सजिएको “पल्ला घरे ”बोलको गितमा नारायण नेपालको शब्द रहेको छ भने संगीत संयोजन रोमी बस्नेतले गरेका छन्।

त्यस्तै गायक महतकै शब्द, संगित र सुमधुर आवाजमा सजिएको अर्को “आँशु झारी” बोलको गितमा एच बि रसाइलीको संगीत संयोजन रहेको छ।

त्यसैगरी “रिसको झोकमा” बोलको अर्को गित गायक मुकुन्द महतको शब्द, संगित र सुमधुर आवाजमा रहेको छ। लेडिज आवाज भने मनिषा गजमेर र संगित संयोजन एच वि रसाइलीको रहेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर