२४ बैशाख २०७८, शुक्रबार
गृह अन्ततः नेपाल–खनाल समूहका सांसद पनि ओलीले बोलाएको दलको बैठकमा जाने
अन्ततः नेपाल–खनाल समूहका सांसद पनि ओलीले बोलाएको दलको बैठकमा जाने

काठमाडौं। अन्ततः नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका सांसदहरु पनि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा बालुवाटार जाने भएका छन्।

उनीहरु ललितपुरको एक पार्टी प्यालेसमा छलफलपछि बालुवाटारकै बैठकमा जाने निष्कर्षमा पुगेका हुन्।

स्थायी कमिटीमा रहेका सदस्यहरुबाहेक सबै सांसदहरु बालुवाटार जाने सांसद दीपकप्रकाश भट्टले जानकारी दिए।

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरमा हिजोेदेखि सुरु भएको छ। बुधबार सो समूहका नेताहरुले ओलीले बोलाएको बैठकमा जनाने बताएका थिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर