२४ बैशाख २०७८, शुक्रबार
गृह ४० वर्ष लाामो जेलको बसाई सँगै दीपक जैसी आज रिहा
४० वर्ष लाामो जेलको बसाई सँगै दीपक जैसी आज रिहा

काठमाडौं। ४० वर्षदेखि बिना सुनुवाइ भारतको जेलमा रहेका नेपाली नागरिक दीपक जैसी तिम्सिना आज जेलबताट रिहा भएका छन्। जैसी कर्तव्य ज्यान मुद्दामा थुनामा परेका थिए। तर लामो समयसम्म उनको मानसिक अवस्था ठीक नहुँदा मुद्दाको सुनुवाइ नभएको र जेलमै राखिएको थियो।

उनलाई थुनामुक्त गर्न कोलकाता हाइकोर्टले बुधबार आदेश दिएको थियो। स्वत् रुपमा लिइएको निवेदनमा सुनुवाइ गर्दै अदालतले उनलाई परिवारको जिम्मा लगाउन भनेको थियो। नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारबाट मुक्त गर्ने प्रक्रिया सुरु गरेको थियो। भाइ प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई आज कारागारमुक्त गरिएको बताएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर