२ जेष्ठ २०७८, आईतवार
गृह वसन्तपुरमा चीर ठड्याएसँगै होली सुरु
वसन्तपुरमा चीर ठड्याएसँगै होली सुरु

काठमाडौं। काठमाडौंको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व सुरु भएको छ। आज बिहान ८ बजे २६ मिनेटको साइतमा वसन्तपुरमा विधिवत् चीर ठड्याइएको हो।

प्रत्येक वर्ष फागुनशुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइएसँगै स्थानीयहरूले हर्ष बढाइँका साथ अबीर दलेर खुसी मनाएका छन्।

तीन तले चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ। यस वर्षको होली काठमाण्डौलगायत पहाडी जिल्लाहरूमा चैत १५ र तराई/मधेशका जिल्लाहरूमा चैत १६ मा परेको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर