२६ बैशाख २०७८, आईतवार
गृह केपी ओलीले पार्टी र सरकार मनपरी ढंगले चलाउन खोज ः झलनाथ खनाल
केपी ओलीले पार्टी र सरकार मनपरी ढंगले चलाउन खोज ः झलनाथ खनाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई केपी ओलीले मनपरी ढंगले चलाउन खोजेको आरोप लगाए। खनालले आइतबार काठमाडौँमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरी ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाए हुन्।

विभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र विधान संशोधन गर्ने ओलीको निर्णय आफुहरुलाई सहमती नरहेको बताए। साथै उनले भने ओलीले मन्त्रिपरिषदसमेत एकलौटी ढंगले विस्तार गरेको गुटलाई प्रश्रय दिएको र ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको आरोप समेत लगाएका छन्। ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमले मुलुकमा अस्थिरता बढेको जनाएका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर