२ जेष्ठ २०७८, आईतवार
गृह अस्ट्रेलियामा भिषण बाढीपछि १८ हजार विस्थापित
अस्ट्रेलियामा भिषण बाढीपछि १८ हजार विस्थापित

अस्ट्रेलियामा भिषण बाढीका कारण १८ हजार मानिसहरु विस्थापित भएका छन्। न्यु साउथ वेल्समा १८ हजार मानिस विस्थापित भएको र उनीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा स्थान्तरण गरिएको बीबीसीले जनाएको छ।

बाढीले अतिप्रभावित भएका मानिसहरुलाई सरकारले आर्थिक सहायता प्रदान गर्ने त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले घोषणा गरेका छन्।

अधिकारीहरुका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सिड्नीवरपर र दक्षिणपूर्वी राज्य क्वीन्सल्यान्डमा नदी र तटबन्धहरूमा पानीको बहाव बढेको छ।

स्थानीय प्रशासनले ५० वर्षमा एक पटक हुने अवस्था यो साताभरि रहन सक्ने भन्दै नागरिकहरूलाई सचेत रहन आग्रह गरेका छन्।

त्यहाँको मौसम विभागका अनुसार अस्ट्रेलियका कुनैकुनै स्थानमा १,००० मिलिमिटरसम्म पानी परेको छ।

सोमबार बाढीका कारण १५० विद्यालय बन्द भए भने नदीहरू सन् १९६१ को विनाशकारी बाढीको समयभन्दा ठूलो भएको बताइएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर