२ जेष्ठ २०७८, आईतवार
गृह गायक राज सागरको ‘ए मान्छे…’ सार्वजनिक (भिडियोसहित)
गायक राज सागरको ‘ए मान्छे…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेद विरुद्धको सांगीतिक कोसेली ‘ए मान्छे…’ मान्छे सार्वजनिक गरेका छन् ।

५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन् ।

चर्चित लेखक आहुतिको शब्द रहेको ‘ए मान्छे…’मान्छेु २१ ओँ शताब्दीमा मान्छेले ब्यहोर्नु परिरहेको विभेद विरुद्धको रचनात्मक आवाज रहेको गायक राज सागरको ठम्याई छ ।

मर्यादा मिडियाको प्रस्तुती रहेको सांगीतिक भिडियो राजसागरले सङ्गीतमा तयार कोसेली हो । अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आइरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरुप गीति कोसेली ल्याएको गायक राज सागर बताउँछन् ।

‘माया पिरतीका धेरै गीत गाइयो, ताली पनि पाइयो नाम र दाम सबै पाईयो तर समाजलाई के दिन सकियो भन्ने आफै भित्रको प्रश्नको उत्तर हो यो मेरो ‘ए मान्छे…’ गायक राज सागर रोमान्चित हुँदै थप्छन्, ‘मान्छेहरू जातकै कारण छापिनेक्रम नरोकिँदा आफूले सांगीतिक क्षेत्रबाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटीले आज पूर्णता पाएको छ।’

सञ्जीव बराइलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाइस अफ नेपालमा रेकर्ड गरिएको हो । भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर