२४ बैशाख २०७८, शुक्रबार
गृह नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी
नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी

कैलाली । नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ । बुधबार प्रेस मञ्च नेपाल र जन पत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी तालाबन्दी गरेका हुन् ।

यही ९ चैतको महासंघको केन्द्रीय समितिले प्रकाशन गरेको जिल्लास्थित सदस्यको नामावलीप्रति आपत्ति जनाउँदै प्रेस मञ्च नेपाल र जन पत्रकार महासंघले कैलाली शाखाले कार्यालयमा तालाबन्दी गरेको बताएको छ । आज दुवै संगठनले प्रेस विज्ञप्ति जारी गर्दै कैलाली शाखाले एकलौटी रूपमा नयाँ सदस्य सिफरिस गरेको भन्दै तालाबन्दी गरेको जनाएका छन् ।

प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य हिमेश विक र जन पत्रकार संगठनका केन्द्रीय सदस्य धर्मसिंह विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘लामो समयदेखि क्रियाशील पत्रकारलाई सदस्यता नदिएको र सदस्यता सिफारिस गर्दा जुन एकलौटी रूपमा सिफारिस गरी हामीले दिएको निवेदनको कुनै पनि सुनुवाइनगरीएको भनिएको छ । यसका विरुद्ध आज हामी तालाबन्दी गर्न बाध्य भएका छौँ,’ ‘हामीले उठाएका मागप्रति सुनुवाइ नभएसम्मका लागि तालाबन्दी यथावत रहने समेत बताए ।विज्ञप्तिमा निवेदनउपर सुनुवाइ नगरे पत्रकार महासंघको तिनै तहको निर्वाचनमा सहभागी नहुनेसमेत जनाएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर