२४ बैशाख २०७८, शुक्रबार
गृह मेरुदण्ड पक्षघात भएका देशभरका व्यक्तिहरु राष्ट्रिय भेलाका लागि काठमाडौंमा
मेरुदण्ड पक्षघात भएका देशभरका व्यक्तिहरु राष्ट्रिय भेलाका लागि काठमाडौंमा

काठमाडौं। मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूको राष्ट्रिय भेलाका लागि जम्मा भएका छन् । मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूको राष्ट्रिय भेला काठमाडौंमा जारी छ। मंगलबारदेखि सुरु भएको भेला बिहीबारसम्म चल्नेछ।

उक्त्त कार्यक्तम मेरुदण्डीय पक्षघात समूह नेपालले भेलाको आयोजना गरेको हो। भेलामा सात वटै प्रदेशबाट प्रतिनिधिमुलक रुपमा मेरुदण्डको पक्षघात भएका व्यक्तिहरु सहभागी सहभागि रहेका छन् ।

मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकालले भने मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुको क्षमता बढाउने, उनीहरुलाई नेतृत्व विकासको तालीम दिने, राज्यले प्रदान गरेका अधिकार र स्वास्थ्यको हेरचाहलगायत विषयमा तालिम दिइने छ ।

भेलामा सहभागी अन्जु बरालले उपचार तथा स्वास्थ्य सामग्री सहजै उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । भेलामा सहभागीहरूले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई स्वास्थ्य समस्याको साथसाथै विभिन्न प्रकारका समस्याहरू हुने भएकाले सरकारले समाधानका निम्ति ध्यान दिनुपर्ने बताएका छन्। मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई आफूले सिकेको सीप र तालीमबारे आफ्नो प्रदेशमा गएर कार्यक्रम र तालीम सञ्चालन गर्ने सहभागीहरूले जनाएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर