२६ बैशाख २०७८, आईतवार
गृह कोरोना संक्रमणदर बढेपछि डडेल्धुरामा मास्क नलगाई हिँडे कारबाही
कोरोना संक्रमणदर बढेपछि डडेल्धुरामा मास्क नलगाई हिँडे कारबाही

डडेल्धुरा। पछिल्लो समयमा कोरोना संक्रमणदर बढेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरेर प्रशासनले कोरोना भाइरसको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

फागु पूर्णिमा होलीमा भीडभाड नगर्न र कोभिड–१९ को संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताएका छन् । उनले मास्क नलगाउनेहरूलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गरिने पनि बताए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर