२४ बैशाख २०७८, शुक्रबार
गृह माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सकियोः३ बजे संसदीय दलको बैठक बस्दै
माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सकियोः३ बजे संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ । कलंकीको मेगा पाटी प्यालेसमा अपराह्न १२ बजेबाट सुरु भएको बैठक २ बजे सकिएको हाछ। । केन्द्रीय कमिटी बैठक सकिएपछि सांसद छलफल सुरु भएको छ । उक्त बैठकमा नेता नेपाल र सुरेन्द्र पाण्डेले वर्तमान परिस्थितिबारे भाषण गरेका थिए । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ र अध्यक्ष केपी ओलीले चाल्न सक्ने आगामी कदमपछिको रणनीतिबारे छलफल गरीएको बताईएको ।

केन्द्रीय समिति बैठक सकिएपछि सांसद नरहेका नेताहरु बैठक हलबाट बाहिरिएका हुन् । सांसद सँगको परामर्शपछि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठक जाने र नजानेबारे निर्णय लिनेछ । यता ओलीले दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन्

Facebook Comments
+ posts

हरेक खबर खास खबर