२४ बैशाख २०७८, शुक्रबार
गृह मादी गाउँपालिकामा एकैदिन दुई झोलुङ्गे पुल उद्घाटन
मादी गाउँपालिकामा एकैदिन दुई झोलुङ्गे पुल उद्घाटन

कास्की । जिल्लाको पूर्वी भागमा अवस्थित मादी गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण गरेका छन् । । गाउँपालिकाको वडा नं ३ र ११ जोड्ने गरी इदीखोला ओल्मा झोलुङ्गे पुल तथा वडा नं ११ को सैमराङ र तासे जोड्ने बुम्लेखोला झोलुङ्गे पुलको शुक्रबार गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम ) ले उद्घाटन गरेका हुन् ।

इदीखोला ओल्मा पुलले दुई वडा जोड्ने भएकाले पुल बनेसँगै दुवै वडाका स्थानीयवासी उत्साहित भउका छन् । पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय झोलुङ्गे पुल निर्माण भएपछि हर्षित भएको सोही वडाध्यक्ष मित्रप्रसाद गुरुङले बताएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापका अनुसार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट आयोजना स्वीकृत भई गाउँपालिकाबाट निर्माण गरिएको हो । इदीखोला ओल्मा झोलुङ्गे पुल जनश्रमदानसहित कूल रु ३८ लाख ४९ हजार ६९७ र बुम्लेखोला झोलेङ्गे पुल जनश्रमदानसहित रु ३६ लाख ९५ हजार ८०८ लागतमा निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष गुरुङले गाउँका जनताको पीर, मर्का बुझ्ने, दुःखमा साथ दिने गरी जनताको घरदैलोको सरकार अघि बढेको बताए ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक, मोटरेवल पुल, झोलुङ्गे पुल, वडा कार्यालय भवनलगायतका पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर आफूहरुले काम गरिरहेको उनले जानकारी दिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर