२४ बैशाख २०७८, शुक्रबार
गृह परशुराममा दोस्रो मेयरकप खुला भलिवल प्रतियोगिताको उपाधि बोहरा हार्डवयर लाई
परशुराममा दोस्रो मेयरकप खुला भलिवल प्रतियोगिताको उपाधि बोहरा हार्डवयर लाई

डडेल्धरा। डडेल्धुराको परशुराम नगरपालिका १२ स्थित परशुराम रंग मैदानमा दोस्रो मेयर कप भलिवल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । नगर प्रमुख भिम बहादुर साउदको सभाध्यक्ष नगर उपप्रमुख कलावती देबी बोहरा को बिशिष्ट अतिथि र तिनै वटा पार्टीका पार्टी प्रतिनिधि , सुरक्षाकर्मीहरुको आतिथ्य मा दोस्रो मेयर कप सम्पन्न भएको छ । खुला पुरुष भलिबल प्रतियोगितामा १४ वटा टिमहरुको सहभागिता रहेको थियो । एक लाख धन राशीको पुरुस्कार बोहरा हार्डवयर जोगबुडा जित्न सफल भएको छ । चैत्र १० गते देखि सन्चालन भएको खुला पुरुष भलिबल प्रतियोगिता र नगर स्तरिय महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ ।

No description available.

खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम बोहरा हार्डवयर जोगबुडा ले एक लाख नगद सिल्ड प्रमाण पत्र र मेडल , द्धितिय परशुराम नगरपालिका वार्ड न. १ पचास हजार सिल्ड, प्रमाण पत्र र मेडल र तृतिय गोजा सिचाँई ले पच्चि हजार प्रमाण पत्र र मेडल पाएको छ । नगर स्तरिय महिला भलिबल प्रतियोगितामा ७ वटा टिमहरुको सहभागीता रहेको थियो । नगर स्तरिय महिला भलिबल प्रतियोगिता पच्चिस हजार धन राशीको उपाधि त्रिबेणि बहुमुखि क्याम्पस ले जितेको छ ।

No description available.

नगर स्तरिय महिला भलिबल प्रतियोगिता मा प्रथम त्रिबेणि बहुमुखि क्याम्पस ले पच्चिस हजार, प्रमाणपत्र, शिल्ड र मेडल द्धितिय परशुराम नगरपालिका वार्ड न. १ ले बिस हजार प्रमाण पत्र, सिल्ड र मेडल र तृतिय शैलेश्वरी मा.बि. तुलाभाडी ले पन्ध्र हजार, प्रमाण पत्र सिल्ड र मेडल पाएको छ । खेलमा उत्कृष्ट खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

No description available.

Facebook Comments
+ posts

हरेक खबर खास खबर