२४ बैशाख २०७८, शुक्रबार
गृह कोटेश्वरमा प्रचण्ड-माधवबीच भेटवार्ता
कोटेश्वरमा प्रचण्ड-माधवबीच भेटवार्ता

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमबार दिउँसो करिव २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता भएको जनाइएको छ। दुवै नेता निकट श्रोतहरुका अनुसार उक्त भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र संसद बैठक स्थगित गर्ने चर्चा भइरहेका बेला नेताद्धयबीच भेटवार्ता भएको हो। अध्यक्ष प्रचण्डले शनिबार काठमाडौमा भएको एक कार्यक्रममा केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएका थिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर