२ जेष्ठ २०७८, आईतवार
गृह प्रतिनिधिसभा बैठक सुरु
प्रतिनिधिसभा बैठक सुरु

काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरु भएको छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा शून्य र विशेष समय पनि चल्नेछ। सो समयमा संसद्भित्र रहेका विभिन्न राजनीतिक दलका सांसदहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन्।

त्यसैगरी आजको कार्यसूचीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पनि पेस हुनेछ। नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी विकास तथा प्रविधि समितिको प्रतिवेदन पनि पेस हुनेछ। पूर्वसांसद नवीन्द्रराज जोशी र संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर