५ जेष्ठ २०७८, बुधबार
गृह कोरोना भाइरसको उत्पत्तिबारे डब्लूएचओद्धारा प्रतिवेदन सार्वजनिक
कोरोना भाइरसको उत्पत्तिबारे डब्लूएचओद्धारा प्रतिवेदन सार्वजनिक

काठमाडौँ। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको उत्पत्तिबारे अहिले नै निष्कर्षमा पुग्ने बेला नभएको जनाएका छन् । मंगलबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डा.टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको उत्पत्तिबारे अझै गहन अध्ययन आवश्यक रहेको बताए। ुकोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएको हो र होइन भन्ने कुराको निष्कर्षमा पुग्न अझै गहन अध्ययन आवश्यक रहेको उनले बताएका छन् ।

चिनियाँ प्रयोगशालाबाट कोरोना फैलिएको हो भन्ने कुरा सत्य हुने सम्भावना निकै कम रहेको महानिर्देशक गेहब्रेयससले बतामए ।बिना गहन अध्ययन यसका बारेमा केही भन्नु ठीक हुँदैन ।उनले अगाडि भने, ‘यो रिपोर्ट महत्वपूर्ण छ तर यो अन्त्य होइन । हामीले भाइरसको स्रोत पत्ता लगाउन नसकेको बताए ।

अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित डब्लूएचओको टिम अध्ययनका लागि जनवरी १४ देखि फेब्रुअरी १४ सम्म कोरोनाको उत्पत्तिस्थल मानिएको चीनको वुहान पुगेको थियो । अध्ययन टोलीमा १७ जना चिनियाँ र विभिन्न मुलुकका १७ जना विज्ञ सहभागी थिए ।

डब्लूएचओले मंगलबार कोरोना भाइरसको उत्पत्तिबारेको अध्ययनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छे । १२० पेज लामो प्रतिवेदनमा कोरोना भाइरस जनावरबाट मानिसमा सरेको बताएको छ। चमेरो र सालकले कोरोना सारेको हुन सक्ने डब्लूएचआका प्रारम्भिक अध्ययनमो बताइएको छ

डब्लूएचओको प्रतिवेदमा फार्ममा पालिएको जंगली जनावर कोरोना भाइरस सार्ने प्रमुख स्रोत भएको हुन सक्ने सम्भावना बलियो भएको जनाइएको छख । तर कोरोना भाइरसको उत्पत्तिको स्रोत मानिएको चमेरोले कुन जनावरलाई संक्रमित बनायो भन्नेचाहिँ अध्ययनमा खुल्न सकेको छैन । चमेरोबाट कुनै जनावरमा सरेर त्यसपछि मानिसमा कोरोना भाइरस सरेको हुन सक्ने प्रतिवेदनमा बताईएको छ। विभिन्न मुलुकले भने डब्लूएचओको प्रतिवेदनमा प्रश्न उठाएका छन्। अमेरिका,बेलायत ,क्यानडा, जापान, नर्वे, डेनमार्कलगायतका विभिन्न १४ मुलुकल डब्लूएचओको प्रतिवेदनमा प्रश्न उठाएका छन् । भने त्यस्तै युरोपेली युनियनले पनि कोरोना भाइरसको उत्पत्तिबारे अझ अनुसन्धान हुनुपर्ने र त्यो स्वतन्त्र हुनुपर्ने जनाएको छ।

अमेरिकाले डब्लूएचओलाई पर्याप्त जानकारी नदिएको भन्दै चीनको आलोचना गरेको छ । चीनले भने आफ्नो प्रयोगशालाबाट कोरोना फैलिएको भन्ने आरोप आधारहीन र झूट भएको बताउँदै आएको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाको नागरिकले यससम्बन्धी राम्रो सूचनाको अपेक्षा गरेको बताएका जनाएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर