२६ बैशाख २०७८, आईतवार
गृह भारतमा भोलिदेखि महँगी बढ्दैः नेपालमा पनि पर्छ असर
भारतमा भोलिदेखि महँगी बढ्दैः नेपालमा पनि पर्छ असर

काठमाडौं। भारतमा बिहीबारदेखि महंगी बढ्ने भएको छ। अप्रिल १ देखि भारतमा नयाँ आर्थिक वर्ष सुरु हुन्छ। सरकारले नयाँ बजेटमा ल्याउँदा नै उपभोगजन्य वस्तुको भाउ बढ्ने यसअघि नै बताएको थियो।

बिषेशगरि कच्चा पदार्थ र आयातमा मूल्यवृद्धि भएकाले वस्तुको भाउ बढ्ने सरकारले जनाएको छ।

साथै, बैंकिङ, हवाइ सेवा, प्रविधि र सवारीसाधनमा समेत मूल्यवृद्धि हुनाले सर्वसाधारण बढी मर्कामा पर्ने अर्थविद्हरूको तर्क छ।

भारतमा महँगी त्ससको प्रत्यक्ष असर नेपालमा समेत पर्ने बताइएको छ।

यसअघि पनि नेपालमा पेट्रोलियम पदार्थको मुल्य अस्वभाविक रुपमा बृद्धि भएको भन्दै विरोध हुँदै आएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर