५ जेष्ठ २०७८, बुधबार
गृह डडेल्धुरा: पसलमा आगलागी, ६० लाख बढीको क्षती 
डडेल्धुरा: पसलमा आगलागी, ६० लाख बढीको क्षती 

डडेल्धुरा। डडेल्धुराको एक पसलमा आगलागी भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नं ७ र ८ को सिमाना रातागौनमा रहेको उग्रतारा स्टोरमा बुधबार राती करिब साढे ११ बजे आगलागी भएको थियो ।

आगलागी बाट पसल पूर्ण रुपमा ध्वस्त भएको छ । काठ र जस्ताले बनेको पसल पूर्ण रुपमा ध्वस्त भएको पोखरा प्रहरी चौकी ईञ्चार्ज शेरबहादुर बुढाऐरले बताए ।

आगो नियन्त्रणमा लिन नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले प्रयास गरेको थियो । तर काठ र जस्ताले बनेको पसल पूर्ण रुपमा ध्वस्त भएको उनले बताए ।

खाद्यान्न उपभोगका सबै वस्तु लगायत स्टोरले ग्यासको समेत कारोवार गर्दै आएको थियो । आगलागी बाट अनुमानीत करिब ६० लाख बढीको क्षती भएको संचालकले बताएका छन ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर