५ जेष्ठ २०७८, बुधबार
गृह म्यानमारमा सेनाले ४३ बच्चाको ज्यान लियो, खराब सपनाजस्तो स्थिति ः सेभ द चिल्ड्रन
म्यानमारमा सेनाले ४३ बच्चाको ज्यान लियो, खराब सपनाजस्तो स्थिति ः सेभ द चिल्ड्रन

काठमाडौं ।म्यानमारमा फेबु्रअरीमा भएको सैन्य ‘कू’ पछि सेनाको हातबाट कम्तीमा ४३ बच्चाको मृत्यृ भएको छ । बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो स्थिति’ भएको जनएको छ । मृत्यु हुने बच्चामध्ये एक ६ वर्षकी बालिका समेत रहेकि छन् ।म्यानमारमा सेनाले विरोधको व्यापक दमन गरिरहेको छ । यसैबीच म्यानमारमा संयुक्त राष्ट्रका दूतका अनुसार ‘यहाँ थप रगत बग्ने खतरा छ’ । यसैबीच सीमान्त इलाकामा सेना र जातीय अल्पसंख्यक समूहबीचको संघर्ष तीब्र हुँदै गएको छ ।

सैन्य कू विरुद्ध हज्जारौं मानिसहरुले सडकमा उत्रिएर विरोध गरिरहेका छन् । सेनाले सुरुवातमा प्रदर्शनकारी रोक्नका लागि पानीको फोहोराको प्रयोग गरे । पछि रबरको गोली चलाइयो । त्यसपछि गोली नै चलाएको हो । एक स्थानीय निगरानी समूहका अनुसार सैन्य कूपछि ज्यान गुमाउनेको कूल संख्या ५३६ पुगेको छ । श्निबार सयभन्दा बढीको मृत्यु भयो ।

सेनाले सडकमा भएका मानिसहरुमाथि अचानक हमला गरे । केही मानिसहरुको मृत्यु उनीहरुको घरभित्रै भएको प्रत्यक्षदर्र्शीहरुले बताएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर