२ जेष्ठ २०७८, आईतवार
गृह संसद भवनमा आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु
संसद भवनमा आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

काठमाडौं। अमेरिकाको राजधानी वासिङ्नट डिसी स्थितसंसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ।

अर्का एकजना घाइते भएका छन्। संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको थियो।

त्यसपछि चालकले प्रहरीलाई अधिकारीमाथि चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीको गोली लागेर आक्रमण संलग्न व्यक्तिको पनि मृत्यु भएको छ। संसद भवनमा जनवरी ६ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए।

अहिलेको आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको अधिकारीले बताएका छन्।

आक्रमणमा ज्यान गुमाउने प्रहरी अधिकारीको नाम विलियम ‘बिली’ इभान्स रहेको वासिङ्गटन डिसी महानगरिय प्रहरी विभागले जनाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर