२६ बैशाख २०७८, आईतवार
गृह सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ। स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. ४०० ले ओरालो लागेको सुनको भाउ सोमवार भने रू. १०० ले वृद्धि भएको हो।

आज छापावाला सुन प्रतितोला रू ८९ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू ८९ हजार ५०० मा कारोबार भएको थियो। आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू१०० ले बढेको हो। त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार १५० मा कारोबार भएको छ। यस्तै, सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर