२ जेष्ठ २०७८, आईतवार
गृह चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ: गगन थापा
चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरसका कारण मुलुकमा बेरोजगारीको समस्या भयावह भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। आज प्रतिनिधि सभाको बैठकमा सांसद थापाले देशभित्र खुद्रा व्यापारीदेखि पर्यटन क्षेत्रका लाखौं नेपालीले रोजगारी गुमाएको भन्दै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली पनि कामविहीन भएको उल्लेख गरे।

थापाले भने ‘कोभिडको प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएका छन्। सरकारी तथ्यांकले भन्छ, वैदेशिक रोजगारीमा पनि लाखौँले रोजगारी गुमाएर नेपाल फर्किएका छन्। फर्किएर आएका पनि जान पाएका छैनन्। यिनीहरूको पुनःस्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ।’

Facebook Comments
+ posts

हरेक खबर खास खबर