२ जेष्ठ २०७८, आईतवार
गृह टेकुमा फेरि कोरोना भाइरसका बिरामीको मात्र उपचार हुने
टेकुमा फेरि कोरोना भाइरसका बिरामीको मात्र उपचार हुने

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा फेरि कोरोना भाइरसका बिरामीको मात्र उपचार हुने भएको छ। कोरोना संक्रमित बढेसँगै अस्पतालले कोभिड– १९ का बिरामी मात्र भर्ना गर्ने भएको हो।

‘अरुले भर्ना गर्न मान्दैनन्। बाध्य भएर गर्नुपरेको हो’, अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘अरु सेवाको ओपीडी भने हुन्छ।’ एआरटी र डग बाइटको सेवा जारी रहने जानकारी दिए। हाल टेकुमा २१ जना कोभिड( १९ का बिरामी छन्। २३ वर्षका पनि कोभिडका बिरामी आइसीयूमा भर्ना भएका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर