२६ बैशाख २०७८, आईतवार
गृह नामिबियालाई कोभाक्सबाट खोप उपलब्ध
नामिबियालाई कोभाक्सबाट खोप उपलब्ध

काठमाडौं। अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेको छ। विश्व स्वास्थ्य संगठनको अग्रसरतामा स्थापित कोभाक्समार्फत पहिलो चरणमा नामिबियालाई २४ हजार डोज दिइएको छ।

नामिबियाका स्वास्थ्य तथा समाजसेवा मन्त्री कालुम्बी शाङ्गुलाले अस्ट्राजेनिकाको उक्त खोप देशका विभिन्न भागमा पठाइने बताए। नामिबियामा हालसम्म तीन हजार ५८७ जनाले खोप लिएका छन्। करिब २५ लाख जनसंख्या रहेको नामिबियाले आफ्नो कूल जनसंख्याको कम्तीमा ६० प्रतिशतलाई खोप दिने तयारी गरेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर