२ जेष्ठ २०७८, आईतवार
गृह लालु यादव जेल मुक्त
लालु यादव जेल मुक्त

काठमाडौं। सधैं चर्चामा रहने भारतीय नेता लालु यादवलाई अदालतले जमानतमा रिहा गरेको छ। चारा घोटाला काण्डमा जेल परेका राजद सुप्रिमो तथा बिहारका पूर्वमुख्यमन्त्री यादवलाई शर्तसहित राँची अदालतले जमानतमा छाडेको जनाइएको छ।

यो काण्डको सुनुवाइ अप्रिलमा तोकिएको थियो, तर सीबीआईले जवाफ दिनका लागि थप समय मागेपछि सुनुवाइ धकेलिएको छ। लामो समयदेखि अस्वस्थ नेता यादवको अस्पतालमा उपचार पनि चलिरहेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर