२६ बैशाख २०७८, आईतवार
गृह केही दिनभित्र सरकारमा नयाँ कायापलट हुन्छ: प्रचण्ड
केही दिनभित्र सरकारमा नयाँ कायापलट हुन्छ: प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा नै नयाँ सरकार बन्ने बताए। आइतबार चितवनको माडी नगरपालिकामा आयोजित कार्यक्रममा उनले कर्णाली प्रदेशमा सरकार जोगाएको उल्लेख गर्दै केन्द्रमा पनि केही दिनमा कायापलट हुने बताए।

“सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौँ,” उनले भने, “केही दिनभित्र केन्द्रमा नयाँ कायापलट हुनैपर्छ, हुँदै छ।  म यो विश्वास दिलाउन चाहन्छु।” उनले आफू र आफ्नो पार्टीलाई प्रहारको निसानामा राखिएको जानकारी दिएका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर