२६ बैशाख २०७८, आईतवार
गृह ब्रेक फेल हुँदा काठमाडौंबाट दैलेख जाँदै गरेको बस दुर्घटना: सात जना गम्भीर घाइते
ब्रेक फेल हुँदा काठमाडौंबाट दैलेख जाँदै गरेको बस दुर्घटना: सात जना गम्भीर घाइते

सुर्खेत। काठमाडौंदेखि दैलेख जाँदै गरेको बस दैलेखमा दुर्घटना भएको छ। सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गतको गुराँस गाउँपालिकास्थित गाईबान्नामा दुर्घटना भएको जनाइएको छ। बस दुर्घटनामा ७ जना गम्भिर घाइते भएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताएका छन्।

बस दुर्घटनाको सूचना पाएपछि उद्धारका लागि प्रहरी टोली दुर्घटना स्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले जानकारी दिए। ब्रेक फेल भएर बस दुर्घटनामा परेको श्रेष्ठले बताए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर