२६ बैशाख २०७८, आईतवार
गृह कोरोना कहर— कैलालीका विद्यालय १० दिन बन्द
कोरोना कहर— कैलालीका विद्यालय १० दिन बन्द

कैलाली। कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिन विद्यालय बन्द गर्न आग्रह गरेकाे छ। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कैलालीमा १० दिन विद्यालयहरू बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो।

‘कैलाली अति प्रभावित क्षेत्रमा परेको हुँदा १० दिन विद्यालय बन्द गर्न अनुरोध गरेका छौँ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ‘त्यसलाई कार्यान्वयन गर्ने अधिकार स्थानीय तहहरूलाई छ।’ उनले सोमबार देखि लागू हुने गरी अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर