२६ बैशाख २०७८, आईतवार
गृह मुख्यमन्त्रीलाई जसपाको साथ, चार मन्त्री थपिदैँ
मुख्यमन्त्रीलाई जसपाको साथ, चार मन्त्री थपिदैँ

काठमाडौं। लुम्बिनी प्रदेश सरकारमा चारजना मन्त्री थपिने भएका छन्। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अबिश्वास प्रस्ताव दर्ता गरेको दुइघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका जनाइएको छ। माओवादी केन्द्रका दुइजना मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालय संगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन्।

लुम्विनी प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बिभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरी रहेको छ। नियुक्त हुने मन्त्रीहरुको सोमबार नै सपथ ग्रहण गराउने तयारी गरिएको हो। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका साम्सदहरु बिजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर