२ जेष्ठ २०७८, आईतवार
गृह बझाङको थलारा गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा
बझाङको थलारा गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा

शिवजी मण्डेल, बझाङ। जिल्लाको थलारा गाउँपालिका पूर्णखोप युक्त गाउँपालिका घोषित भएको छ। पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना भन्ने नाराका साथ एक कार्यक्रमका बीच पूर्णखोप गाउँपालिका घोषणा गरिएको हो।

थलारा गाउँपालिका अध्यक्ष भूवनेश्वर उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक खडक खड्का प्रमुख अतिथि रहेका थिए। स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशी विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति संयोजक खड्काले जिल्लाका १२ वटै स्थानीय तहलाई पूर्ण खोप युक्त घोषणा गर्दै जिल्ला नै पूर्ण खोप युक्त घोषणा गर्ने योजना रहेको बताएका छन्।

साथै उनले सर्वेक्षणले जन्मे देखि १५ महिना र ६ महिनादेखि २३ महिना भित्रका सबै बालबालिकालाई सबै खोप लगाइएको देखाइएकाले थलारा गाउँपालिकालाई पूर्ण खोप युक्त गाउँपालिका घोषणा गरिएको बताए।

त्यस्तै गाउँपालिका अध्यक्ष उपाध्यायले गाउँपालिकालाई पूर्ण खोप युक्त घोषणा मात्रै नभई छाउगोठ युक्त पोषण युक्त र पूर्ण सरसफाइ गाउँपालिका घोषणा गरिने पनि बताएका छन्।

कार्यक्रममा थलारा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर आलीले थलारा गाउँपालिकामा ७ सय ५ जनाले पूर्ण खोप पाएको प्रत्येक घरधुरीका १५ महिनासम्मका बालबालिकालाई ११ वटा खोप लगाउन महिला स्वास्थ्य स्वयम सेविकाले महत्त्वपूर्ण भूमिका खेलेको कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा गाउँपालिकालाई प्रमाणपत्रले सम्मान गरिएको थियो। थलारा गाउँपालिका यसअघि नै साक्षरता गाउँपालिका घोषणा भइसकेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर