२४ बैशाख २०७८, शुक्रबार
गृह केकीमा कोरोना संक्रमण पुष्टि
केकीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं। सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ। चलचित्रकी नायिका केकी अधिकारीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि छायांकन प्रभावित भएको हो।

दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने निर्माणपक्षको योजना थियो। तर, नायिका केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको हो।

पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि केकीले विश्वास नलागेर दोश्रो पटक पनि टेष्ट गरेकी थिइन्। तर, दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा छिन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर