२४ बैशाख २०७८, शुक्रबार
गृह पूर्वराजा दम्पतिलाई कोरोना संक्रमण
पूर्वराजा दम्पतिलाई कोरोना संक्रमण

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

हालै भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए।

उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

पूर्वराजा दम्पतिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर