५ जेष्ठ २०७८, बुधबार
गृह माधव पक्ष बिनै एमालेमा ओली पक्षको नयाँ स्थायी कमिटी
माधव पक्ष बिनै एमालेमा ओली पक्षको नयाँ स्थायी कमिटी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन्। स्थायी कमिटीमा वामदेव गौतमलाई पनि जिम्मेवारी दिईएको छ।

तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कुनैपनि नेतालाई कमीटीमा राखिएको छैन।

स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन्।

स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर