५ जेष्ठ २०७८, बुधबार
गृह अक्सिजन आपूर्तिमा लगाइएको रोक हटाउन भारतलाई नेपालको कूटनीतिक पत्र
अक्सिजन आपूर्तिमा लगाइएको रोक हटाउन भारतलाई नेपालको कूटनीतिक पत्र

काठमाडौं। कोरोनाभाईरसको संक्रलमण तिब्र बनिरहेका बेला अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालयले भारतलाई उक्त आग्रहसहितको पत्र पठाएको हो।

उनले कूटनीतिक च्यानलबाट स्वास्थ्य सामाग्री आपूर्तिको लागि नेपालले भारतसँग पहल गरिरहेको बताए।

भारतले स्वास्थ्य सामाग्री आपूर्ति गर्न सकारात्मक जवाफ दिएको र चाँडै आपूर्ति सुचारु हुने कुरामा आफू आशावादी रहेको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ।

अक्सिजन, सिलिन्डर लगायतका सामाग्रीको घरेलु खपत पछिल्लो समय बढिरहेको बताउँदै भारतले ती सामाग्री आपूर्तिमा अहिले रोक लगाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर