२ जेष्ठ २०७८, आईतवार
गृह गण्डकी प्रदेशसभा: अविश्वास प्रस्ताव छल्न सत्तारुढ एमालेको अवरोध
गण्डकी प्रदेशसभा: अविश्वास प्रस्ताव छल्न सत्तारुढ एमालेको अवरोध

पोखरा। पीसीआर परीक्षणको माग गर्दै सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले गण्डकी प्रदेश सभाको जारी बैठक अवरुद्ध गरेका छन्।

कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छन्।

बैठक शुरू हुनासाथ सांसदहरू उठेर सदन अवरुद्ध गरेका हुन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि सदनमा छलफल चलिरहेको छ।

कार्यसूची सबैको सर्वसहमतिमा भएकाले बैठकमा सहभागी हुन अनुरोध गरेपनि एमाले सांसदहरूले इन्कार गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर