२ जेष्ठ २०७८, आईतवार
गृह कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। नेपाली काँग्रेसको कोन्द्रिय कार्यसमिति बैठक आज बस्दैछ।

कोरोना कहरकै बीच पार्टीले कार्यसमितिको बैठक दिउँसो२ बजेकन लागि बोलाएको हो।

वैशाख १३ गते बस्ने भनिएको बैठक पिसिआर परीक्षणका कारण स्थगित भएको र सो बैठक आज बस्न लागेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर