५ जेष्ठ २०७८, बुधबार
गृह कर्णालीमा फ्लोर क्रस गर्ने तीन मन्त्रीले पुनः सपथ लिए
कर्णालीमा फ्लोर क्रस गर्ने तीन मन्त्रीले पुनः सपथ लिए

काठमाडौं। कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले आज पुनः पद तथा गोपनीयताको सपथ लिएका छन्।

एमाले सांसदको हैसियतमा सपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधारमन्त्री अमरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कोलौनीले पुनः सपथ खुवाएका हुन्।

‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई सांसद पद खारेज गरेको थियो। पार्टीले निस्कासन गरेसँगै तीनैजना मन्त्री वैशाख १३ गतेदेखि पदमुक्त भएका थिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर