२० श्रावण २०७८, बुधबार
गृह पाल्पामा एक साता निषेधाज्ञा जारी
पाल्पामा एक साता निषेधाज्ञा जारी

पाल्पामा निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गते राति १२ बजेदेखि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

बैठकले अत्यावश्यक सवारीसाधन, तरकारी, दुध, एम्बुलेन्स, बिरामी बोक्ने सवारी, प्रेस, माछा, मासु, पानी पेट्रोल, निर्माण सामग्री जस्ता सवारीलाई भने सञ्चालन गर्न दिने जनाएको छ।


बैठकले सार्वजनिक र नीजि सवारीसाधन सञ्चालनमा रोक लगाउने, सभा, गोष्ठी, कार्यक्रम नगर्ने, विवाह, पार्टी जस्ता भीडभाड हुने कार्य नगर्ने निर्णय गरेको छ।

यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, पार्लर, सुनचाँदी पसल, सैलुन, टेलरिङ्, फुटपाथ लगायतका पसल नखोल्ने, तर होटल र रेष्टुरेन्टले भने बिहान ६ बजेदेखि १० बजेसम्म टेकअवे सेवा सञ्चालन गर्न सक्ने निर्णय भएको छ।

 

Facebook Comments

हरेक खबर खास खबर