४ असार २०७८, शुक्रबार
गृह नेपाल भारत सीमा नाका बन्द गर्ने तयारी
नेपाल भारत सीमा नाका बन्द गर्ने तयारी

काठमाडौं। भारतमा कोरोना भाइरसको दोस्रो चरणको संक्रमण फैलिएपछि नेपाल –भारत सीमा नाका बन्द गर्ने तयारी भएको छ। भारतबाटै संक्रमण नेपालमा फैलिएको भन्दै सरकारले नाका बन्द गर्ने तयारी गरेको हो।

विभिन्न कामले भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको गड्डा चौकी, बाँकेको जमुनाहा नाका भैरहवाको सुनौली नाका तीन दिन अघिबाटै कडाई हुन थालेको छ।


सीमा सुरक्षामा रहेको सशस्त्र प्रहरीले सबै नाकामा आवतजावतलाई कडाई गर्न निर्देशन दिएको छ। जमुनाहा नाकामा नेपाली र भारतीय स्वास्थ्यकर्मीले गरेको कोरोना परीक्षण रिपोर्टका आधारमा विगत चार दिनदेखि नेपाल पठाउने गरेका छन्।

पर्साको रक्सौल, विराटनगर तथा काकडभिट्टा नाकाबाट अत्यावश्यक सामाग्री बोकेका सवारी साधानबाहेक अन्य सवारी साधानलाई प्रवेश निषेध गरिएको छ।

त्यसैगरी कपिलवस्तुको कृष्णनगरबाट पनि अत्यावश्यक सामान बोकेका सवारी साधान मात्रै प्रवेश दिन लागिएको र अन्यलाई रोक लगाउने तयारी भैरहेको छ। भारतसँग खुला सीमा भएकाले सुरक्षाकर्मी परिचालन गरी नाका बन्द गर्न लागिएको हो।

भारतसँगको सीमामा १५ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको बोर्डर आउटर पोस्ट रहेको छ। हरेक नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सीमा चौकीबाट प्रहरी परिचालन गरेर सीमामा आवतजावत पूर्ण रूपमा रोकिने गृह मन्त्रालयले स्रोतले जनाएको छ।

मुलुकभर कोरोना संक्रमण बढेपछि सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जाने विदेशी नागरिकलाई पनि आजबाट रोक लगाएको छ।

Facebook Comments

हरेक खबर खास खबर