९ असार २०७८, बुधबार
गृह रेशम चौधरीको मुद्दा फिर्ता हुँदैनः महान्यायाधिवक्ता
रेशम चौधरीको मुद्दा फिर्ता हुँदैनः महान्यायाधिवक्ता

काठमाडौं। महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनाका नामले चर्चित निलम्वित सांसद रेशम चौधरी लगायत संलग्न कर्तव्य ज्यान मुद्दा फिर्ता नहुने बताए।

बुधबार आफ्नै कार्यकक्षमा केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महान्यायाधिवक्ता बडालले टीकापुर मुद्दा फिर्ता गर्नेबारे सरकारले राय मागि नसकेको बताउँदै कुनै पनि मुद्दा फिर्ता गर्ने निर्णय गर्नु अघि महान्यायाधिवक्ताको राय लिनपर्ने र राय माग भएर आएमा कानून र संविधानअनुसार उक्त मुद्दा फिर्ता हुनै नसक्ने उनको दावी छ।


प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टी (जसपा) ले रेशम चौधरी लगायत मधेश आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि चलाइएका मुद्दा फिर्तालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै आएको छ।

जसपाको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे सरकारले बिभिन्न विकल्पमा छलफल गरिरहेकै बेला सरकारका प्रमुख कानूनी सल्लाहाकार रहेका महान्यायाधिवक्ताले भने मुद्दा फिर्ता लिने कानूनी र संवैधानिक आधार नभएको बताए।

Facebook Comments

हरेक खबर खास खबर