२ जेष्ठ २०७८, आईतवार
गृह जसपाका माग पूरा, मधेस आन्दोलनका मुद्दा फिर्ता
जसपाका माग पूरा, मधेस आन्दोलनका मुद्दा फिर्ता

काठमाडौं। सरकारले जनता समाजवादी पार्टीको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारीवादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको बताए।

जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुले प्रधानमन्त्रीसंग आफ्नो पार्टीका कार्यकर्ताहरु विरुद्ध लगाइएका मुद्धाहरु फिर्ता लिने निर्णय भएको गुरुङले बताए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर