४ असार २०७८, शुक्रबार
गृह गण्डकीको प्रदेशसभामा अनुपस्थित जनमोर्चाका सांसद आईसीयूमा भर्ना
गण्डकीको प्रदेशसभामा अनुपस्थित जनमोर्चाका सांसद आईसीयूमा भर्ना

काठमाडौं। गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालको आईसीयूमा भर्ना भएको खुलेको छ। सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार प्रदेशसभामा छलफल चलिरहँदा अनुपस्थित भएका थिए।

शाहीका पीएले उनी पोखरास्थित चरक मेमोरियल अस्पतालको आईसीयूमा भर्ना भएको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले बुधबार दिउँसो अचानक स्वास्थयमा समस्या भएपछि अस्पतालमा भर्ना भएको जानाएका छन्।


मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि अहिले प्रदेशसभामा मतदान हुँदैछ।

काँग्रेस र माओवादीले जनमोर्चाले पनि सहयोग गर्ने बचन दिएपछि ल्याएको अविश्वास प्रस्ताव सांसद शाहीको अनुपििस्थ्तले असफल हुने देखिएको छ।

Facebook Comments

हरेक खबर खास खबर