४ असार २०७८, शुक्रबार
गृह काठमाडौंमा निषेधाज्ञाका बेला कोरोनाविरुद्धको खोप नलगाइने
काठमाडौंमा निषेधाज्ञाका बेला कोरोनाविरुद्धको खोप नलगाइने

काठमाडौं। निषेधाज्ञाका बेला काठमाडौंमा कोरोनाविरुद्धको खोप नलगाइने भएको छ। जल्ला स्वास्थ्य कार्यालय काठमाडौंले खोप लगाउने कार्य काठमाडौंमा स्थगित गरिएको जनाएको छ।

सुरुमा कोरोनाविरुद्धको खोप काठमाडौंमा निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


दोस्रो चरणको खोप अभियानअन्तर्गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो। यो खोप सरकारले १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकलाई दिइएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर