२० श्रावण २०७८, बुधबार
गृह कहाँ कहाँ जारी भयाे निषेधाज्ञा? (सूचीसिहत)
कहाँ कहाँ जारी भयाे निषेधाज्ञा? (सूचीसिहत)

काठमाडौं। कोरोनाभाईरसको दोश्रो भेरियन्टको फैलावटको चेन ब्रेक गर्न बिहीबारबाट काठमाडौं उपत्यकासहित १६ जिल्लामा निषेधाज्ञा जारी भएको छ।

विहीबार विहानसम्म १६ जिल्लामा निषेधाज्ञा लागू भएको पाइएको छ। निषेधाज्ञा जारी हुने जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, बर्दिया, कैलाली, कञ्चनपुर, बागलुङ, कालीकोटका, सुर्खेत, चितवन र पाल्पा रहेका छन्।


गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालका १२ जिल्लामा पूर्ण तथा ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ। जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, मोरङ, कास्की, सुर्खेत र चितवन पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ।

यसैगरी पाल्पा, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत निषेधाज्ञा आदेश जारी गरेको हो।

Facebook Comments

हरेक खबर खास खबर