१७ श्रावण २०७८, आईतवार
गृह करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुली।  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बाँकेको नेपालगञ्ज निवासी अन्दाजी २३ वर्षीय विशाल चौधारीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमलामाई नगरपालिका–८ करकरेस्थित जङ्गलमा विद्युत् बनाउन खम्बामा चढेका विशाललाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।


काम गर्ने क्रममा करेन्ट लाग्दा विशाललाई करेन्टले विद्युत्को तारमा नै झुन्डाएको थियो।

हाइटेन्सन लाइनको काम गर्ने कामदार रहेका विशालको घटनास्थलमा नै मृत्यु भएको र हाल शव परीक्षणका लागि सिन्धुली अस्पतालको शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक लामाले बताए।

यस्तै उनीसँगै काम गर्दै आएका सोही ठाउँ ठेगाना भएका अन्दाजी २४ वर्षीय मायाराम चौधरीलाई पनि करेन्ट लागेको छ। मायारामको अवस्था सामान्य नै रहेको छ।

Facebook Comments

हरेक खबर खास खबर