२ जेष्ठ २०७८, आईतवार
गृह बुटवलमा ३० मिनेटमा ३ जना कोरोना संक्रमितको मृत्यु
बुटवलमा ३० मिनेटमा ३ जना कोरोना संक्रमितको मृत्यु

बुटवल। बुटवलमा कोरोनाभाईरस संक्रमणबाट ३० मिनेटको अवधीमा ३ जना संक्रमितको मृत्यु भएको छ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमाउपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको आज बिहान मृत्यु भएको हो।

प्रादेशिक अस्पतालले जानकारी दिएअनुसार बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २ः३० बजे मृत्यु भएको थियो भने २ः४५ बजे बुटवल १४ का ६६ वर्षिय पुरुषको मृत्यु भएको थियो।

यस्तै ३ बजे मायादेवी ६ का ७२ वर्षिया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमले जानकारी दिए।

योसंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर