४ असार २०७८, शुक्रबार
गृह वेपत्ता भएका भनिएका गण्डकी प्रदेश सांसद शाहीलाई तेस्रो परीक्षणमा कोरोना पुष्टि
वेपत्ता भएका भनिएका गण्डकी प्रदेश सांसद शाहीलाई तेस्रो परीक्षणमा कोरोना पुष्टि

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथवीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला वेपत्ता भएका भनिएका राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाहीलाई तेस्रो परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका छ।

दुईवटा रिपोर्टसहित पोखराकै चरक अस्पतालमा भर्ना भएका शाहीलाई तेस्रो पटक परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।


यसअघि प्रदेशसभामा सबै सांसद र कर्मचारीलाई परीक्षण गर्दा उनीमा कोरोना संक्रमण नरहेको पाइएको थियो। तर, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मत दिने समयमा उनी गायव भएपछि उनमा कोरोना संक्रमण भएको भनिएको थियो।

सांसद हराएको भनेर हल्ला भएपछि उनी चरक अस्पतालमा कोरोना उपचारमा रहेको पाइएको थियो। यसबीचमा उनमा कोरोना संक्रमण नभएको र सत्ता जोगाउन उनलाई लुकाइएको आरोप जनमोर्चाले नै लगाएपछि शाहीको तेस्रो पटक कोरोना परीक्षण गरिएको हो।

Facebook Comments

हरेक खबर खास खबर