२० श्रावण २०७८, बुधबार
गृह दिल्लीमा अक्सिजन नपाएपछि नेपाल फर्किएका दुई नेपालीको बाटोमै मृत्यु
दिल्लीमा अक्सिजन नपाएपछि नेपाल फर्किएका दुई नेपालीको बाटोमै मृत्यु

काठमाडौं। भारतको राजधानीका दिल्लीमा अकिसजन र बेड नपाएपछि नेपाल फर्किएका दुईजना नेपालीको मृत्यु भएको छ।

दिल्लीका सरकारी र निजी अस्पतालमा भौतारिँदा अक्सिजन र बेड नपाएपछि उपचारका लागि नेपाल ल्याउने क्रममा उनीहरुको उत्तर प्रदेशमा मृत्यु भएको हो।


कोरोना संक्रमित नुवाकोटका हरी रौला र बैतडीका मनोज भट्टको दिल्लीबाट एम्बुलेन्समा नेपाल ल्याउने क्रममा मृत्यु भएको हो। नेपाली अभियन्ता आरबी खड्काका अनुसार हरि रौला दिल्लीको पहाडगन्जमा रामराजा होटलका सन्चालक हुन्।

त्यस्तै मोनज भट्ट प्रवासी नेपालीहरुबीच सामाजिक अभियन्ताका रुपमा परिचित थिए।

उनीहरु दुवैजनाको कोभिडको उपचार नपाएका कारण उत्तर प्रदेशको मुरादाबादमा निधन भएको खड्काले बताएका छन् ।

उनका अनुसार भारतमा स्वास्थ्य प्रणाली अत्यन्तै खराब छ र प्रवासी नेपालीहरुको अवस्था वेहाल छ । दिल्ली लगायत कतै पनि अस्पतालमा अक्सिजन र बेड पाइने सम्भावना छैन।

Facebook Comments

हरेक खबर खास खबर