२० श्रावण २०७८, बुधबार
गृह प्रधानमन्त्री ओली आइसोलेसनमा हुनु हुन्नः विष्णु रिमाल
प्रधानमन्त्री ओली आइसोलेसनमा हुनु हुन्नः विष्णु रिमाल

काठमाडौं। बालुवाटार बैठकमा सहभागी नेताहरुमा कोरोना भाइरस संक्रमण देखिएपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन्। तर, आइसोलेसनमा नरहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए।

गएको आइतबार बालुवाटरमा बसेको एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठकका केही सदस्यहरुलाई कोरोना संक्रमण भएको छ।


ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझीसहित नेताहरु खिमलाल भट्टराई, विष्णु रिजाल, माधव ढुंगेलमा संक्रमण पुष्टि भएको छ।

सरकारले नै जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै एमालेको बैठक बसेको थियो।

Facebook Comments

हरेक खबर खास खबर