२० श्रावण २०७८, बुधबार
गृह अन्तर्राष्ट्रिय सम्बन्धमा हस्तक्षेप नगर्न चीनलाई ताइवानको चेतावनी
अन्तर्राष्ट्रिय सम्बन्धमा हस्तक्षेप नगर्न चीनलाई ताइवानको चेतावनी

काठमाडौं। ताइवानले कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र रहेको र यसमा हस्तक्षेप नगर्न चीनलाई चेतावनी दिएको छ।

कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र मुलुक रहेको ताइवानको विदेश मन्त्रालयले बताएको बताएको छ। साथै अन्य मुलुकसँग ताइवानको सम्बन्धमाथि हस्तक्षेप गर्न चीनको कुनै अधिकार नरहेको पनि विदेश मन्त्रालयले प्रष्ट पारेको छ।


अमेरिकाले ताइवानमा पृथकतावादी गतिबिधिमा सहयोग रोक्नु पर्ने चिनियाँ विदेशमन्त्री वाङ यीको टिप्पणीपछि ताइवानको यस्तो भनाइ सार्वजनिक भएको हो।

वाङ ले अमेरिकाले चीनको राजनीतिक प्रणालीमा चासो नदिन र ताइवानको स्वतन्त्रताका लागि पृथकतावादी गतिबिधिलाई सहयोग रोक्नुपर्ने टिप्पणी गरेका थिए।

चीनको यस्तो टिपपणीपछि ताइवान विदेश मन्त्रालयले अन्य मुलुकहरुसँग ताईवानको सम्बन्धमा हस्तक्षेप गर्न चीनको कुनै अधिकार नरहेको र ताइवानमा लोकतान्त्रिक रुपमा निर्वाचित सरकारले मात्र अन्तर्राष्ट्रिय स्तरमा जनताको प्रतिनिधित्व गर्ने बताएको हो।

Facebook Comments

हरेक खबर खास खबर